Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

भिजिट भिसा प्रकरणमा छानबिन नभए राप्रपा र रास्वपा सडक आन्दोलनमा जान्छौं : राजेन्द्र लिङदेन

भिजिट भिसा प्रकरणमा छानबिन नभए राप्रपा र रास्वपा सडक आन्दोलनमा जान्छौं : राजेन्द्र लिङदेन

आइतवार , भाद्र १५, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय आयोग गठन नगरे सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्।

आइतवार झापामा सञ्चारकर्मीमाझ उनले आफूले उक्त माग सम्बोधन नभएसम्म निरन्तर संसद् अवरुद्ध गर्ने र आवश्यक परे राष्ट्रिय स्वतन्त्र पार्टीसहित आफ्नो पार्टी सडक आन्दोलनमा जाने चेतावनी दिएका हुन्।

​लिङ्देनले भने- 'भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिएर सहयोग गर्नुहुन्न भने पनि छानबिन आयोग त गठन हुनुपर्‍यो। दोषी ठहरिए उहाँ कारबाहीमा परिहाल्नु हुन्छ भन्दा पनि नसुनेर जुन ढंगले सभामुखले संसद् अगाडि बढाइ राख्नुभएको छ। आगामी दिनमा नेपाली जनताले यसको मूल्यांकन गर्नेछ। हामी कम्तीमा पनि यो सेसनमा यसरी नै निरन्तर विरोधमा रहन्छौं। आवश्यक परे दुईवटा पार्टी सडकमा आउनसक्ने अवस्था पनि हुन्छ।'

अध्यक्ष लिङदेनले उक्त प्रकरणमा छानबिनका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर सहजता प्रदान गर्नुपर्ने बताए।

उनले भने- 'हामी कम्तीमा पनि यो सेसनमा यसरी नै निरन्तर विरोधमा रहन्छौं र आवश्यक पर्‍यो भने दुई वटा पार्टी राप्रपा र रास्वपा सडकमा आउनसक्ने अवस्था पनि हुन्छ।'

उनले पार्टीमा नयाँ साथीहरूलाई जिम्मेवारी दिने क्रममा गल्ती भए सच्चिएर अघि बढ्न तयार रहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077