Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रधानमन्त्री ओलीलाई भेटेपछि मोदीको टिप्पणी – नेपालसँग भारतको सम्बन्ध विशेष छ

प्रधानमन्त्री ओलीलाई भेटेपछि मोदीको टिप्पणी – नेपालसँग भारतको सम्बन्ध विशेष छ

आइतवार , भाद्र १५, २०८२

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग भारतेको सम्बन्ध विशेष रहेको टिप्पणी गरेका छन् । 

सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुने क्रममा चीनको तियानजिनमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग संक्षिप्त भेटवार्ता भएपछि मोदीले यस्तो टिप्पणी गरेका हुन् ।

“तियानजिनमा नेपालका प्रधानमन्त्री केपी ओलीलाई भेट्न पाउँदा खुसी लाग्यो । नेपालसँग भारतको सम्बन्ध गहिरो र विशेष छ,” भारतीय प्रधानमन्त्री मोदीले ओलीसँगको फोटा सामाजिक सञ्जाल एक्समा सेयर गर्दै लेखेका छन् । 

पछिल्लो समय भारत र चीनबीच भारत नियन्त्रित नेपाली भूमि लिपुलेकबाट व्यापार पुनः सुचारु गर्ने सहमति भएपछि नेपाल र भारतबीच तनाव बढेको छ । 

यसैबीच प्रधानन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच चीनको तियानजिनमा आइतबार भेट भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077