Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रधानमन्त्री ओली चिनियाँ राष्ट्रपति सीको स्वागत समारोहमा सहभागी

प्रधानमन्त्री ओली चिनियाँ राष्ट्रपति सीको स्वागत समारोहमा सहभागी

आइतवार , भाद्र १५, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनमा जारी सांघाइ सहयोग संगठन (एससीओ) प्लस शिखर सम्मेलनको अवसरमा आयोजित विशेष स्वागत समारोहमा सहभागी भएका छन् ।

चीनका राष्ट्रपति सी चिनफिङ र उनकी धर्मपत्नी पेङ लियुआनले आइतबार बेलुकी बेइजिङमा आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओली, उनकी पत्नी राधिका शाक्यसहित सहभागी भएका हुन् ।

समारोहमा सम्मेलनमा सहभागी भएका विभिन्न राष्ट्रका प्रमुख तथा सरकार प्रमुखहरूको सामूहिक तस्बिर पनि खिचिएको थियो ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति मजबुत बनाउने उद्देश्यका साथ प्रधानमन्त्री ओलीले यसअघि पनि उच्चस्तरीय द्विपक्षीय भेटवार्ता र बहुपक्षीय कार्यक्रमहरूमा सक्रिय भूमिका निर्वाह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077