एजेन्सी । चीनको विजय दिवस परेड सुरु भएको केहीबेरमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया जनाएका छन् ।
सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत उनले परेडमा भाग लिएका नेताहरूलाई उल्लेख गर्दै चीन, रुस र उत्तर कोरियामाथि कटाक्ष गरेका हुन् ।
ट्रम्पले भने, “सबैभन्दा ठूलो प्रश्न यो हो कि राष्ट्रपति सी जिनपिङले चीनलाई स्वतन्त्रता दिलाउन संयुक्त राज्य अमेरिकाले दिएको समर्थन र ‘रगत’ सम्झनेछन् कि सम्झने छैनन् । चीनको विजयका लागि धेरै अमेरिकीहरूले आफ्नो ज्यान दिएका थिए । मलाई आशा छ कि उनीहरूको बहादुरी र बलिदानलाई उचित सम्मान गरिनेछ ।”
त्यस्तै उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनमाथि पनि प्रहार गरे । “कृपया पुटिन र किमलाई मेरो न्यानो अभिवादन पठाउनुहोस् । उनीहरू दुवै संयुक्त राज्य अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेका छन्,” ट्रम्पले लेखेका छन् ।
चीनले दोस्रो विश्वयुद्धको अन्त्यमा जापानले आत्मसमर्पण गरेको ८० औं वार्षिकोत्सवको अवसरमा विजय दिवस परेड आयोजना गरेको हो ।