Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बेइजिङमा अहिलेसम्मकै ठूलो सैन्य परेड, पहिलो पटक देखियो यो आणविक मिसाइल

बेइजिङमा अहिलेसम्मकै ठूलो सैन्य परेड, पहिलो पटक देखियो यो आणविक मिसाइल

बुधवार , भाद्र १८, २०८२

बेइजिङ । दोस्रो विश्वयुद्धमा जापानको आत्मसमर्पण भएको ८० वर्ष पुगेको अवसरमा बुधबार चीनको राजधानी बेइजिङमा भव्य विजय दिवस परेड सम्पन्न भएको छ ।

तियानमेन स्क्वायरमा आयोजित विशेष कार्यक्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले ऐतिहासिक सम्बोधन गर्दै यस दिवसलाई “नयाँ यात्रा, नयाँ युग” का रूपमा चित्रण गरे ।

यो चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेड भएको बताइएको छ। परेडअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ-उनसहित २५ देशका शीर्ष नेताहरू सी जिनपिङसँगै एउटै मञ्चमा देखिएका थिए।

परेडमा चीनले अत्याधुनिक हतियारहरूको प्रदर्शन गर्‍यो । विशेषगरी, अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल डीएफ-६१लाई पहिलोपटक सार्वजनिक गरियो, जसलाई आठ पाङ्ग्रे ठूलो ट्रकमा राखिएको थियो ।

त्यस्तै, जेएल-१ हावाबाट प्रक्षेपित ब्यालिस्टिक मिसाइल, जेएल-३ पनडुब्बीबाट प्रक्षेपित मिसाइल र जमिनबाट प्रक्षेपित आईसीबीएम डीएफ-३१ को नवीनतम संस्करण पनि प्रदर्शन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यस परेडलाई चीनले आफ्नो सैन्य शक्ति, प्राविधिक क्षमता र वैश्विक शक्ति सन्तुलनमा आफ्नो उपस्थितिलाई प्रकट गर्ने अवसरका रूपमा उपयोग गरेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077