Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पोर्चुगलमा पर्यटकीय रेल भवनमा ठोक्किँदा १५ जनाको मृत्यु

पोर्चुगलमा पर्यटकीय रेल भवनमा ठोक्किँदा १५ जनाको मृत्यु

बिहिवार , भाद्र १९, २०८२

एजेन्सी । पोर्चुगलको राजधानी लिस्बनमा एउटा पर्यटकीय रेल पटरीबाट खसेर भवनमा ठोक्किँदा १५ जनाको मृत्यु भएको छ ।

स्थानीय समयानुसार बुधबार साँझ भएको दुर्घटनामा एक बच्चासहित १५ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा १८ जना घाइते भएको बताइएको छ ।

सरकारी अधिकारीहरूले मृतकहरूको पहिचान वा राष्ट्रियता अझै खुलासा गरेका छैनन्, तर दुर्घटनामा केही विदेशी नागरिकहरूको पनि मृत्यु भएको पुष्टि गरेका छन् ।

उद्धार टोलीले फसेका सबै मानिसहरूलाई बाहिर निकालेको छ । घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077