Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

शान्ति सम्झौता नभए युक्रेनमा युद्ध जारी रहने पुटिनको चेतावनी

शान्ति सम्झौता नभए युक्रेनमा युद्ध जारी रहने पुटिनको चेतावनी

बिहिवार , भाद्र १९, २०८२

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्कँदै गर्दा युक्रेनसँग शान्ति सम्झौता नभए युद्ध निरन्तर हुने चेतावनी दिएका छन् ।

बुधबार बेइजिङमा पत्रकारहरूसँग कुरा गर्दै पुटिनले यस्ता चेतावनी दिएका हुन् । “सुरुङको अन्त्यमा उज्यालो हुन्छ भन्ने अपेक्षा राखेको छु, तर युद्धविरामप्रति बेवास्ता गरिए हामीले हाम्रा सबै कार्यहरू सैन्य रूपमा नै समाधान गर्नुपर्नेछ,” उनले भने ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच युद्धविरामका लागि मध्यस्थता गर्ने प्रयास गरेका थिए। तर साढे तीन वर्षदेखि जारी युद्ध समाधानतर्फ प्रगति नदेखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

पुटिनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीको वैधतामाथि प्रश्न उठाउँदै तत्काल भेट अस्वीकार गरेका छन् । तर उनले ट्रम्पको आग्रहमा जेलेन्स्कीलाई मस्को वार्ताका लागि निमन्त्रणा दिएको खुलासा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077