Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भ्लादिमिर पुटिनले भने- भारत र चीनप्रति अमेरिकाको दृष्टिकोण ठिक छैन 

भ्लादिमिर पुटिनले भने- भारत र चीनप्रति अमेरिकाको दृष्टिकोण ठिक छैन 

बिहिवार , भाद्र १९, २०८२

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले भारत र चीनलाई गरेको व्यवहार ठिक नभएको तर्क गरेका छन्। बुधबार चीनमा पत्रकारहरूसँग कुराकानी गर्दै पुटिनले यस्तो तर्क गरेका हुन् ।

उनले भने- 'तपाईंसँग भारत जस्ता देशहरू छन्, जसको जनसंख्या लगभग १.५ अर्ब छ। चीन बलियो अर्थतन्त्र भएको देश हो। तर, यी देशहरूको आफ्नै घरेलु राजनीतिक संयन्त्रहरू छन्। तपाईंले ती ठूला देशहरूको नेतृत्वको बारेमा सोच्नुपर्छ। यी देशहरूको इतिहास छ जहाँ उनीहरूले कठिन समय देखेका छन्। उनीहरूले लामो समयसम्म उपनिवेशवादको सामना गर्नुपरेको थियो। तपाईंले बुझ्नुपर्छ कि यदि तिनीहरूमध्ये कसैले कमजोरी देखायो भने,उनीहरूको राजनीतिक करियर समाप्त हुनेछ।'

भारतले रुसबाट ठूलो मात्रामा तेल किनेर यसमार्फत युक्रेन युद्धको लागि रुसलाई आर्थिक सहयोग गरिरहेको भन्दै हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि ५० प्रतिशत कर लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077