Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ट्रम्पको डिनर पार्टीमा मस्कलाई बहिष्कार

ट्रम्पको डिनर पार्टीमा मस्कलाई बहिष्कार

शुक्रवार , भाद्र २०, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राति ह्वाइट हाउसको रोज गार्डेनमा प्राविधिक व्यवसायीहरूका लागि विशेष रात्रिभोज आयोजना गर्ने भएका छन् ।

पुनः सजावटपछि यो बगैंचामा हुने पहिलो ठूलो कार्यक्रम हो।

ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीका अनुसार गुगलका सीईओ सुन्दर पिचाई, मेटाका सीईओ मार्क जुकरबर्गलगायत प्राविधिक क्षेत्रमा प्रभावशाली व्यक्तिहरूलाई आमन्त्रण गरिएको छ।

तर, टेस्ला तथा स्पेसएक्सका सीईओ एलोन मस्क भने सहभागी सूचीमा परेका छैनन्।

केही समयअगाडिसम्म ट्रम्पका नजिकका सल्लाहकार रहँदै आएका मस्क र ट्रम्पबीच हाल दूरी बढेको छ। सोही कारण पनि उनलाई यसपटक रात्रिभोजमा नबोलाइएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077