Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अफगानिस्तानमा फेरि भूकम्पको धक्का

अफगानिस्तानमा फेरि भूकम्पको धक्का

शुक्रवार , भाद्र २०, २०८२

एजेन्सी । अफगानिस्तानको दुर्गम दक्षिण-पूर्वी क्षेत्रमा गएराति फेरि ५.६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको छ ।

यो पछिल्लो ६ दिनमा महसुस गरिएको तेस्रो ठूलो भूकम्प हो । स्थानीय समय अनुसार बिहीबार राति ८ः५६ बजे भूकम्प गएको थियो ।

नान्गारहार र कुनार प्रान्तमा भूकम्पको धक्का महसुस भएपछि मानिसहरू आतंकित भएर आफ्नो आश्रयस्थलबाट बाहिर निस्किएका थिए ।

यद्यपि, बिहीबार राति आएको भूकम्पमा जनधनको क्षतिको कुनै आधिकारिक पुष्टि भएको छैन ।

यसअघिको भूकम्पमा मृत्यु हुनेको संख्या निरन्तर बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077