Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

थाइल्यान्डमा आज नयाँ प्रधानमन्त्री चयन गरिने

थाइल्यान्डमा आज नयाँ प्रधानमन्त्री चयन गरिने

शुक्रवार , भाद्र २०, २०८२

एजेन्सी । थाइल्यान्डमा आज नयाँ प्रधानमन्त्री चयन गरिने भएको छ। प्रधानमन्त्री चयनका लागि संसद बैठक जारी छ।

देशको संविधानअनुसार सन् २०२० को आमचुनावमा छनोट भएका पाँच उमेदवार मात्र प्रधानमन्त्री पदका निम्ति योग्य छन्। तीमध्ये भूमजैथाई पार्टीका नेता अनुतिन चार्नविराकुललाई प्रबल दाबेदार मानिएको छ।

गएको साता थाइल्यान्डको संवैधानिक अदालतले फू थाई पार्टीकी नेता पेटोङटार्न सिनावात्रालाई प्रधानमन्त्री पदबाट हटाएको थियो।

कम्बोडियाका सिनेट अध्यक्ष हुन सेनसँग फोनमा कुरा गरेको उनीमाथि आरोप थियो। उक्त कुराकानी त्यति बेला भएको थियो, जब थाइल्यान्ड र कम्बोडियाबीच सीमा विवाद चलिरहेको थियो। यसलाई राजनीतिक नैतिकताको नियमको उल्लंघन मानिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077