Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अनुतिन चार्नभिराकुल बने थाइल्यान्डका नयाँ प्रधानमन्त्री

अनुतिन चार्नभिराकुल बने थाइल्यान्डका नयाँ प्रधानमन्त्री

शुक्रवार , भाद्र २०, २०८२

एजेन्सी । थाइल्यान्डमा अनुतिन चार्नभिराकुल शुक्रबार सदनमा भएको मतदानबाट प्रधानमन्त्री निर्वाचित भएका छन् । भूमजैथाइ पार्टीका नेता अनुटिन चर्नभिराकुलले प्रधानमन्त्री पदका लागि भएको संसदीय मतदानमा सहज जित हासिल गरेका हुन् । उनले ४९२ सांसदमध्ये बहुमतका लागि आवश्यक २४७ मतभन्दा धेरै अर्थात् ३११ मत प्राप्त गरे ।

अनुतिनले सत्तारूढ ‘फ्यू थाइ’ पार्टीकी नेतृ पेटोङ्तार्न शिनावात्राको स्थान लिएका छन्, जसलाई गत महिना संवैधानिक अदालतले नैतिकतासम्बन्धी विवादमा प्रधानमन्त्री पदबाट हटाएको थियो।

कम्बोडियाका सिनेट अध्यक्ष हुन सेनसँग फोनमा कुरा गरेको उनीमाथि आरोप थियो। उक्त कुराकानी त्यति बेला भएको थियो, जब थाइल्यान्ड र कम्बोडियाबीच सीमा विवाद चलिरहेको थियो। यसलाई राजनीतिक नैतिकताको नियमको उल्लंघन मानिएको थियो।

योसँगै एक हप्तादेखिको राजनीतिक गतिरोध र अन्योललाई अन्त्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077