Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डोनाल्ड ट्रम्प दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलनमा सहभागी नहुने

डोनाल्ड ट्रम्प दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलनमा सहभागी नहुने

शनिवार , भाद्र २१, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यमा दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलनमा भाग नलिने बताएका छन् ।

उनको ठाउँमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सलाई पठाउने योजना वासिङ्टनले सार्वजनिक गरेको हो ।

अमेरिकाले अर्को वर्ष मियामी नजिकै रहेको आफ्नो गल्फ क्लब ट्रम्प नेसनल डोरलमा जी–२० को आयोजना गर्ने पनि राष्ट्रपति ट्रम्पले बताए । उनले व्यक्तिगत व्यवसायलाई सम्मेलनबाट कुनै आम्दानी नहुने स्पष्ट पारे ।

राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि जी–७ शिखर सम्मेलनका लागि आफ्नो डोरल रिसोर्टलाई आयोजना स्थलका रुपमा प्रयोग गर्ने योजना सार्वजनिक गरेका थिए । तर उनले पछि उक्त योजना त्यागेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077