Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भेनेजुएलाका लडाकु विमान खसालिदिने ट्रम्पको चेतावनी

भेनेजुएलाका लडाकु विमान खसालिदिने ट्रम्पको चेतावनी

आइतवार , भाद्र २२, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका जेटहरू आफ्नो देशको नौसैनिक जहाजमाथि उडेर खतरनाक स्थितिमा पारेमा तिनीहरूलाई खसालिने चेतावनी दिएका छन् ।

दुई दिनमा दोस्रोपटक भेनेजुएलाले दक्षिण अमेरिकाको तटस्थित अमेरिकी जहाजनजिक सैन्य विमान उडाएपछि ट्रम्पले यस्तो चेतावनी दिएका हुन् ।

ट्रम्प प्रशासनका अधिकारीका अनुसार, हालै अमेरिकाले एउटा गिरोहद्वारा सञ्चालित भेनेजुएलाबाट आएको लागुऔषध बोकेको जहाजमाथि आक्रमण गर्दा ११ जनाको मृत्यु भएको थियो ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले आफ्नो देशमाथि लगाइएका अमेरिकी आरोप सत्य नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077