Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जापानका प्रधानमन्त्री इशिबाले दिए राजीनामा

जापानका प्रधानमन्त्री इशिबाले दिए राजीनामा

आइतवार , भाद्र २२, २०८२

एजेन्सी । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले पदबाट राजीनामा दिएका छन् । बीबीसीका अनुसार, यसै वर्ष जुलाईमा भएको चुनावमा उनको सत्तारूढ गठबन्धन सरकारले संसद्को माथिल्लो सदनमा बहुमत गुमाएको थियो ।

त्यसपछि इशिबाको राजनीतिक स्थिति चुनौतीपूर्ण बनेको टिप्पणी भइरहेको थियो । जापानको संसदीय व्यवस्थामा तल्लो सदनलाई बढी शक्तिशाली मानिन्छ ।

सत्तारूढ गठबन्धनले गत वर्ष अक्टोबरमै तल्लो सदनमा बहुमत गुमाइसकेको थियो ।

चुनावका क्रममा प्रधानमन्त्री इशिबाले आफू पदमा रहने बताएका थिए । त्यसको कारणका रूपमा उनले अमेरिकासँगको प्रस्तावित व्यापार सम्झौतालाई देखाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077