Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालमा भएको हिंसा हृदयविदारक छ, शान्ति कायम राख्नुहोस् : नरेन्द्र मोदी

नेपालमा भएको हिंसा हृदयविदारक छ, शान्ति कायम राख्नुहोस् : नरेन्द्र मोदी

बुधवार , भाद्र २५, २०८२

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शान्ति र स्थायित्व कायम गर्न सबैलाई अपिल गरेका छन् ।

नेपालको पछिल्लो घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गर्दै उनले हिंसाबाट धेरै युवाले ज्यान गुमाउनु परेको खबर सुन्दा अत्यन्त दुःख लागेको बताएका हुन् ।

सामाजिक सञ्जाल एक्समार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री मोदीले भारतको सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समितिमा नेपालको अवस्थाबारे विस्तृत छलफल भएको जानकारी पनि दिएका छन् ।

उनले भने, “नेपालमा भएको हिंसा हृदयविदारक छ। निर्दोष युवाले ज्यान गुमाएको सुन्दा निकै पीडा भयो। नेपालमा स्थायित्व, शान्ति र समृद्धि भारतका लागि पनि महत्त्वपूर्ण छ ।”

मोदीले नेपाली जनतालाई संयमता अपनाउन आग्रह गर्दै शान्तिपूर्ण समाधानमार्फत मुलुकलाई समृद्धितर्फ अघि बढाउन सबैलाई एकताबद्ध हुन अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077