Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अमेरिकाले गर्‍यो भेनेजुएलाको ड्रग बोटमा आक्रमण

अमेरिकाले गर्‍यो भेनेजुएलाको ड्रग बोटमा आक्रमण

मंगलवार , भाद्र ३१, २०८२

एजेन्सी । अमेरिकी सेनाले अन्तर्राष्ट्रिय जल सीमामा भेनेजुएलाको कथित लागूऔषध डुंगा ध्वस्त पारेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार यो डुङ्गा अमेरिकातर्फ गइरहेको थियो ।

सोमबार जारी गरिएको एक विज्ञप्तिमा ट्रम्पले सैन्य आक्रमणमा तीन जनाको मृत्यु भएको बताए । उनले यो कारबाही हिंस्रक लागूऔषध तस्करी गिरोह विरुद्ध भएको दाबी गरे ।

ट्रम्पले ट्रुथ सोसलमा लगभग ३० सेकेन्डको भिडियो पोस्ट गरेका छन् जसमा पानीमा डुङ्गा विस्फोट हुँदै आगो लागेको देखाइएको छ।

यसको केही समय अघि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले आफ्नो देशले अमेरिकाको आक्रमण को जवाफ दिने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077