Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

७५औँ जन्मदिनका अवसरमा मोदीलाई ट्रम्पले फोन गरेर दिए शुभकामना

७५औँ जन्मदिनका अवसरमा मोदीलाई ट्रम्पले फोन गरेर दिए शुभकामना

बुधवार , आश्विन १, २०८२

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई फोन गरेर शुभकामना दिएका छन् ।

आज प्रधानमन्त्री मोदीको ७५ औं जन्मदिन हो । यस क्रममा दुई नेताले रुस-युक्रेन युद्धको बारेमा पनि छलफल गरेका थिए।

ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै भने, 'मेरो साथी प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा धेरै राम्रो कुराकानी भयो। मैले उनलाई जन्मदिनको शुभकामना दिएँ। उनले राम्रो काम गरिरहेका छन्।'

अमेरिकी राष्ट्रपतिले थप भने, 'नरेन्द्र, रूस र युक्रेन बीचको युद्ध अन्त्य गर्न तपाईंको सहयोगको लागि धन्यवाद।'

यसैबीच, प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल पोस्ट मार्फत दुई नेताहरूबीच भएको कुराकानीको विवरण पनि साझा गरे।

प्रधानमन्त्री मोदीले ट्विटरमा लेखेका छन्, 'मेरो साथी राष्ट्रपति ट्रम्प, मेरो ७५ औं जन्मदिनमा तपाईंको फोन कल र शुभकामनाको लागि धन्यवाद। तपाईं जस्तै, म पनि भारत-अमेरिका व्यापक र विश्वव्यापी साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन पूर्ण रूपमा प्रतिबद्ध छु।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077