एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आधिकारिक विमान ‘एयर फोर्स वन’ मंगलबार ठूलो दुर्घटनाबाट जोगिएको छ ।
एनडीटीभीका अनुसार लन्डनतर्फ उडान भरिरहेको बेला न्युयोर्कको आकाशमा एउटा यात्रीवाहक विमान अत्यन्तै नजिक पुगेपछि दुर्घटनाको जोखिम उत्पन्न भएको हो ।
राष्ट्रपति ट्रम्प राजकीय भ्रमणका लागि मंगलबार लन्डन प्रस्थान गरेका थिए । त्यही क्रममा न्युयोर्कको लङ आइल्यान्डमाथि एयर फोर्स वन उडिरहेको बेला स्पिरिट एयरलाइन्सको एयरबस ए३२१ जेट पनि समान उचाइ र उडान पथमा पुगेको थियो । सो विमान फोर्ट लडरडेलबाट बोस्टनतर्फ जाँदै थियो ।
खतरनाक अवस्था देखिएपछि एयर ट्राफिक कन्ट्रोलरले तुरुन्तै स्पिरिट एयरलाइन्सका पाइलटलाई सचेत गराए ।
सुरुमा पटक–पटक दिइएको निर्देशनमा कुनै प्रतिक्रिया नआए पनि अन्ततः पाइलटले ‘अलर्ट’मा ध्यान दिँदै विमानको बाटो परिवर्तन गरेपछि संभावित दुर्घटना टरेको बताइएको छ ।
यद्यपि उक्त अडियोको प्रामाणिकता औपचारिक रूपमा पुष्टि भएको छैन ।