एजेन्सी । रूसको पूर्वी तटमा अवस्थित कामचटका प्रायद्वीपमा शक्तिशाली भूकम्प गएको छ ।
यूएस जियोलोजिकल सर्भेका अनुसार बिहीबार ७.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण सुनामीको चेतावनी जारी गरिएको छ ।
यसअघि गत शनिबार पनि यस क्षेत्रमा भूकम्पको तीव्र धक्का महसुस गरिएको थियो ।
त्यस दिन कामचटका प्रायद्वीपको पूर्वी तटनजिक ७.१ म्याग्निच्युडको भूकम्प आएको थियो ।