Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महिलाले लेखेका पुस्तक हटाउने तालिबान सरकारको निर्णय

महिलाले लेखेका पुस्तक हटाउने तालिबान सरकारको निर्णय

शुक्रवार , आश्विन ३, २०८२

एजेन्सी । तालिबान सरकारले अफगानिस्तानका विश्वविद्यालयहरूमा महिला लेखकले लेखेका पुस्तक हटाउने निर्णय गरेको छ ।

यससँगै मानवअधिकार र यौन उत्पीडनसम्बन्धी शिक्षा पनि प्रतिबन्धित गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बीबीसीका अनुसार, महिला लेखकका मात्रै १४० पुस्तक प्रतिबन्धित सूचीमा परेका छन्। यसमा ‘रासायनिक प्रयोगशालामा सुरक्षा’ जस्ता शैक्षिक पुस्तक पनि समावेश छन्।

कुल ६८० पुस्तकमाथि प्रतिबन्ध लगाइएको छ, जसलाई तालिबान सरकारले शरिया कानून र आफ्नो नीतिविरुद्धको सामग्री भएको आरोप लगाएको छ।

यस्तै, तालिबान सरकारले विश्वविद्यालयहरूमा १८ विषयको पढाइमा समेत प्रतिबन्ध लगाएको छ। यस कदमबाट विशेषगरी महिला विद्यार्थी प्रत्यक्ष प्रभावित भएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077