Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिकाले गर्‍यो भारतीय कम्पनीका अधिकारीको भिसा रद्द

अमेरिकाले गर्‍यो भारतीय कम्पनीका अधिकारीको भिसा रद्द

शुक्रवार , आश्विन ३, २०८२

एजेन्सी । भारतस्थित अमेरिकी दूतावासले फेन्टानिल प्रिकर्सर तस्करीमा संलग्न भएको आरोपमा केही भारतीय कम्पनीका कार्यकारीहरूको भिसा रद्द गरेको छ ।

उनीहरूलाई नयाँ भिसा प्रदान गर्ने प्रक्रिया समेत अस्वीकार गरिएको दूतावासले जनाएको छ। दूतावासले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, 'यी व्यक्ति र उनका परिवारका सदस्यहरू संयुक्त राज्य अमेरिका यात्रा गर्न अयोग्य हुन सक्छन्।'

फेन्टानिल एक शक्तिशाली सिंथेटिक ओपियोइड हो, जसको ओभरडोज अमेरिकामा मृत्युको प्रमुख कारणमध्ये एक मानिन्छ। यसैकारण अमेरिकी अधिकारीहरू फेन्टानिल र यसको प्रिकर्सर रसायनको तस्करीलाई गम्भीर अपराधका रूपमा लिँदै आएका छन्।

दूतावासका अनुसार, यस्ता कम्पनीसँग सम्बन्धित व्यवसायी तथा फेन्टानिल पूर्वसूचक पदार्थको तस्करीमा संलग्न ठहरिएका व्यक्तिहरूको भिसा आवेदनलाई कडाइका साथ छानबिन गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077