एजेन्सी । युक्रेनको वायुसेनाले रुसले राजधानी किएभमा एकै रातमा ८६ ड्रोन प्रहार गरेको र तीमध्ये ७१ वटालाई खसाल्न सफल भएको दाबी गरेको छ।
युक्रेनका अनुसार, देशभरि ६ स्थानमा १५ वटा आक्रमण भएका छन् । तीमध्ये राजधानीमा मात्रै ठूलो संख्यामा ड्रोन प्रहार गरिएको हो।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डिनिप्रो क्षेत्रमा दुई जना घाइते भएको जानकारी दिए ।
रोयटर्सले सार्वजनिक गरेको तस्बिरमा सहरको पश्चिमी भागमा रहेको सलियाभस्का मेट्रो स्टेसन र प्रेस अफ युक्रेन प्रिन्टवर्क नजिकै विस्फोट देखिएको छ।
युद्ध चर्किँदै गएसँगै युक्रेनमा आकाशीय आक्रमण रोकिएको छैन ।