Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डोनाल्ड ट्रम्प र सी जिनपिङबीच टेलिफोन वार्ता

डोनाल्ड ट्रम्प र सी जिनपिङबीच टेलिफोन वार्ता

शुक्रवार , आश्विन ३, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच लामो अन्तरालपछि फोनवार्ता भएको छ । गत जुनयता पहिलो पटक भएको उक्त संवाद बढ्दो व्यापारिक तनावका बीचमा भएको हो ।

चाइना सेन्ट्रल टेलिभिजनले पहिलोपटक फोन वार्ताको जानकारी सार्वजनिक गरेको भए पनि विस्तृत विवरण खुलाइएको छैन । ह्वाइट हाउसले पनि हालसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन ।

समाचार एजेन्सीहरूका अनुसार, संवादको केन्द्रमा व्यापार, प्रविधि र डेटा सुरक्षा जस्ता विषय रहे। अमेरिकी प्रशासनले चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकलाई लिएर दबाब बढाइरहेको छ।

अमेरिकाले टिकटकलाई सुरक्षा खतरा भएको दाबी गर्दै यसमा प्रतिबन्धको चेतावनी दिँदै आएको छ। वाशिंगटनको मागअनुसार, बाइटडान्सले अमेरिकी सञ्चालन बेच्नुपर्ने दबाब छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077