Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्रम्पले गरे दक्ष कामदार भिसामा कडाइ, अब १ लाख डलर थप शुल्क तिनुपर्ने

ट्रम्पले गरे दक्ष कामदार भिसामा कडाइ, अब १ लाख डलर थप शुल्क तिनुपर्ने

शनिवार , आश्विन ४, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एच–१बी भिसा कार्यक्रमका आवेदकहरूले अब थप एक लाख डलर शुल्क तिर्नुपर्ने एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

यो भिसा विदेशबाट निश्चित उद्योगहरूमा दक्ष कामदार ल्याउनका लागि प्रयोग हुँदै आएको छ ।

अहिलेसम्म यस्तो भिसाका आवेदनमा विभिन्न प्रशासनिक शुल्कहरू गरेर करिब १५ सय डलर लाग्ने गरेको थियो ।

कार्यक्रमको दुरुपयोग भएको भन्दै शुल्क नतिरेसम्म प्रवेशमा प्रतिबन्ध लगाइने प्रावधान नयाँ आदेशमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077