एजेन्सी । नेटोले एस्टोनियाली हवाई क्षेत्र उल्लङ्घन गर्ने तीनवटा रुसी लडाकु विमानलाई रोकिएको जनाएको छ ।
शुक्रबार फिनल्यान्डको खाडीमाथि मिग–३१ विमानहरूले कुल १२ मिनेटसम्म बिना अनुमति उडान गरेको एस्टोनियाली विदेश मन्त्रालयले पुष्टि गरेको हो ।
मन्त्रालयले यसलाई “लापरबाहीपूर्ण कार्य” भन्दै कडा निन्दा गरेको छ। एस्टोनियाली पक्षले हवाई सुरक्षामाथि हुने यस्ता चुनौतीलाई गम्भीरतापूर्वक लिनुपर्ने चेतावनीसमेत दिएको छ ।
नेटोका प्रवक्ता एलिसन हार्टले गठबन्धनले छिटो प्रतिक्रिया दिँदै रुसी विमानलाई रोक्न सफल भएको जानकारी दिए ।