Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बच्चालाई अटिजम हुन सक्ने भन्दै गर्भवतीलाई सिटामोल प्रयोग नगर्न ट्रम्पको आग्रह

बच्चालाई अटिजम हुन सक्ने भन्दै गर्भवतीलाई सिटामोल प्रयोग नगर्न ट्रम्पको आग्रह

मंगलवार , आश्विन ७, २०८२

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गर्भवती महिलाले सिटामोल प्रयोग गर्दा बच्चामा अटिजम हुने दाबी गरेका छन् ।

शनिबार दक्षिणपन्थी अभियन्ता चार्ली कर्कको स्मृति सभामा बोल्दै उनले सिटामोलकै कारण अटिजम हुन्छ भन्दै गर्भवती महिलालाई औषधि नखान आग्रह गरेका हुन् ।

ट्रम्पले भनेका छन्, 'मलाई लाग्छ हामीले अटिजमको जवाफ पायौं, यो नितान्त आवश्यक नभएसम्म नखानुहोस्, यसलाई नखानका लागि भरसक प्रयास गर्नुहोस्।'

उनको यस्तो अभिव्यक्तिपछि सोमबार अमेरिकी मिडियाले अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) सिटामोलको लेबलमा अटिजमसँग सम्बन्धित चेतावनी थप्ने तयारीमा रहेको समाचार सार्वजनिक गरेका छन् । सिटामोलमा हुने एसिटोमिनोफिन तत्वकै कारण अमेरिकामा लोकप्रिय टाइलानोल ब्रान्ड प्रयोगमा आउँछ ।

तर, चिकित्सक तथा अनुसन्धानकर्ताहरूले ट्रम्पको दाबीलाई वैज्ञानिक आधारविहीन बताएका छन् । अमेरिका, बेलायतसहित धेरै पश्चिमी मुलुकमा गर्भवती महिलालाई ज्वरो वा दुखाइ भएमा चिकित्सकहरूले सिटामोल प्रयोग गर्न सिफारिस गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077