एजेन्सी । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले विद्रोही समूह हमासलाई कडा चेतावनी दिँदै हतियार बुझाउन आह्वान गरेका छन् ।
प्यालेस्टाइन राज्य मात्र गाजामा शासन गर्न र सुरक्षा सुनिश्चित गर्न योग्य निकाय भएको दाबी गर्दै उनले प्यालेस्टिनी प्राधिकरणलाई हतियार बुझाउन भनेका हुन् ।
संयुक्त राष्ट्र महासभाको विशेष सत्रमा भिडियोमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री अब्बासले एउटै कानून र वैध सुरक्षा बल अन्तर्गत एकीकृत प्यालेस्टिनी राज्यको दृष्टिकोण प्रस्तुत गरे ।
अब्बासले शासनमा हमासको कुनै भूमिका नहुने स्पष्ट गर्दै हमास र अन्य गुटहरूले प्राधिकरणलाई आफ्ना हतियार बुझाउनैपर्ने बताए ।