Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गाजामा इजरायली आक्रमण : महिला–बालबालिकासहित ८० भन्दा बढीको मृत्यु

गाजामा इजरायली आक्रमण : महिला–बालबालिकासहित ८० भन्दा बढीको मृत्यु

बिहिवार , आश्विन ९, २०८२

एजेन्सी । गाजा पट्टीमा बुधबार राति इजरायलले गरेको हवाई र स्थल आक्रमणमा ८० भन्दा बढी प्यालेस्टाइनीको ज्यान गएको छ। स्थानीय अस्पतालहरूले दिएको जानकारीअनुसार मृतकमध्ये महिला र बालबालिका पनि छन्।

आपतकालीन उद्धारकर्मीहरूका अनुसार गाजा सिटीको दराज क्षेत्रमा फिरास बजार नजिकैको एक भवन र बेघर परिवारका लागि बनाइएका टेन्टमा आक्रमण हुँदा मात्रै कम्तीमा २० जनाको मृत्यु भएको हो।

इजरायली सेनाले भने उक्त आक्रमणमा हमासका दुई लडाकु मात्र मारिएको दाबी गरेको छ। मृतकहरूको संख्याबारे स्थानीय विवरण आफ्नो तथ्याङ्कसँग मेल नखाने पनि उसले जनाएको छ।

यसैबीच, इजरायली ट्याङ्क र सेनाको ठूलो फौज गाजा सिटीको भित्री भागतर्फ अघि बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077