Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अभिनेता थलापतिको र्‍यालीमा भागदौड मच्चिदा मृत्यु हुनेको संख्या ३९ पुग्यो

अभिनेता थलापतिको र्‍यालीमा भागदौड मच्चिदा मृत्यु हुनेको संख्या ३९ पुग्यो

आइतवार , आश्विन १२, २०८२

एजेन्सी । अभिनेताबाट नेता बनेका तमिल सिनेमाका सुपरस्टार विजय थलापतिको र्‍यालीमा शनिबार साँझ भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ३९ पुगेको छ।

भागदौडमा मरेकाहरूमा १० बालबालिका र १६ महिला पनि छन्।

अभिनेताबाट राजनीतिज्ञ बनेका थलापति विजयको प्रचार कार्यक्रममा शनिबार दक्षिणी करुर जिल्लामा हजारौँ मानिस भेला भएका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ३४ जनाको शव पहिचान भइसकेको छ र पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गरिँदैछ। बाँकी पाँच जनाको शव पहिचान गर्ने प्रक्रिया जारी छ। २८ मृतक करुर जिल्लाका बासिन्दा थिए, जसमध्ये सात जना एउटै गाउँका थिए।

तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले मृतकका परिवारलाई १०/१० लाख भारु क्षतिपूर्ति प्रदान र घटनाको जाँचबुझ गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077