Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसिया कपको उपाधि

पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसिया कपको उपाधि

सोमवार , आश्विन १३, २०८२

काठमाडौं । एसिया कप क्रिकेट २०२५ को उपाधि भारतले जितेको छ । गएराति दुबईमा भएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले नवौंपटक उपाधि जितेको हो । यस्तै भारतले लगातार दोस्रोपटक उपाधि जितेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको एक सय ४७ रनको लक्ष्य भारतले २ बल बाँकी छँदा ५ विकेट गुमाएर पुरा गर्यो ।

अन्तिम ओभरमा १० रन आवश्यक रहँदा तिलकले एक चौका र ३ रन तथा रिंकु सिंहले एक चौका प्रहार गरे । भारतका लागि तिलक बर्माले ६९ रन बनाए । पाकिस्तानका लागि फाइम अस्रफले तीन विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै एक सय ४६ रन बनाएको थियो । पाकिस्तानका सहिबजादा फरहानले ५७ रन बनाए ।

भारतका लागि बलिङमा सोचेअनुरुप नै स्पिनर हाबी भए। भारतका स्टार स्पिनर कुलदिप यादवले सर्वाधिक ४ विकेट लिए। अक्षर पटेल, वरुण चक्रवर्ती र जसप्रित बुमराहले समान २-२ विकेट लिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077