Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यु-१९ एसिया कपमा पहिलो खेल श्रीलंकासँग खेल्दै नेपाल

यु-१९ एसिया कपमा पहिलो खेल श्रीलंकासँग खेल्दै नेपाल

शनिवार , मंसिर २७, २०८२

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ एसिया कपमा आज नेपालले श्रीलंकासँग खेल्दैछ ।

उक्त खेल द सेभेन्स रंगशाला, दुबईमा बिहान १०ः४५ बजे सुरु हुनेछ । नेपाल सुखद सुरुआत गर्ने लक्ष्यमा छ । नेपालले दोस्रो खेल मंसिर २९ गते बंगलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्ने छ ।

यही मंसिर २६ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया तथा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र नेपाल रहेका छन्।

दुवै समूहबाट शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । उपाधि भीडन्त पुस ६ गते हुनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077