Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसिया कप खेल्ने १९ वर्षमुनिको क्रिकेट टोलीको बिदाइ

एसिया कप खेल्ने १९ वर्षमुनिको क्रिकेट टोलीको बिदाइ

बुधवार , मंसिर २४, २०८२

काठमाडौं । युएईमा मंसिर २६ गतेदेखि शुरू हुने एसीसी १९ वर्षमुनिको एशिया कप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो एक कार्यक्रमकाबीच टोलीको बिदाइ गरेको हो । अशोक धामीको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोलीले युएईमा खेल्नेछ ।

टोलीका अन्य सदस्यमा नीरजकुमार यादव, दिलशाद अलि, अभिषेक तिवारी, सिव्रिन श्रेष्ठ, साहिल पटेल, दयानन्द मण्डल, निश्चल छेत्री, आसिश लोहार, नितेस पटेल, चन्दन राम, रोशन विक, विपीन शर्मा, वंश छेत्री र युवराज खत्री रहेका छन् ।

नेपालको पहिलो खेल श्रीलङ्कासँग मङ्सिर २७ मा रहेको छ । नेपालले दोस्रो खेल मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्नेछ । नेपालले खेल्ने सबै खेल सेभेन्स रङ्गशालामा हुनेछन् । प्रतियोगितामा आठ वटा टोली सहभागी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077