Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जेनजी आन्दोलनमा गोली लागेका राईको मृत्यु

जेनजी आन्दोलनमा गोली लागेका राईको मृत्यु

सोमवार , आश्विन १३, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ।

पञ्चकन्या गाउँपालिका–२ घर भएका ३५ वर्षीय राईको उपचारका क्रममा गएराति १२ बजे राष्ट्रिय ट्रमा सेन्टरमा निधन भएको परिवारले जनाएको छ। गोली लागेर गम्भीर घाइते भएका उनको टाउकोको पछाडिको भागमा चोट लागेको थियो।

मृतक राईको शव अहिले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा लगिएको छ।

जेनजी आन्दोलनका क्रममा यसअघि नै ७४ जनाको ज्यान गइसकेकोमा राईको मृत्यु पछि मृतकको संख्या ७५ पुगेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077