Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विद्युत बक्यौता तिर्ने समय सच्याइयो, कार्तिक २ गतेसम्मको समयसीमा

विद्युत बक्यौता तिर्ने समय सच्याइयो, कार्तिक २ गतेसम्मको समयसीमा

सोमवार , आश्विन १३, २०८२

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् आपूर्ति लिएका उपभोक्तालाई बक्यौता विद्युत् महसुल तिर्न दिएको मिति सच्याएको छ ।

प्राधिकरणले असोज १२ गते प्रकाशित सूचनामा त्रुटि भएको भन्दै नयाँ मिति कार्तिक २ गतेसम्म तोकेको हो ।

हिजो १२ असोजमा सूचना निकाल्दै प्राधिकरणले बक्यौता बाँकी रहेका उद्योगहरूलाई २१ दिनको समय दिएर १७ कात्तिकसम्ममा चुक्ता गर्न अल्टिमेटम दिएको थियो । तर, सोमबार सूचना सच्याउँदै प्राधिकरणले २१ दिनको अल्टिमेटम २ कात्तिक रहेको स्पष्ट पारेको छ ।

प्राधिकरणले उक्त अवधिमा पर्ने सार्वजनिक बिदाहरूमा पनि प्राधिकरणको महसुल काउन्टर खुला रहने र विद्युतीय माध्यमबाट सहजरूपमा महसुल भुक्तानी गर्न सकिने जनाएको छ ।

प्राधिकरणका अनुसार २०७२ माघदेखि २०७५ वैशाखसम्म २४सै घण्टा विद्युत उपयोगबापत ४९ उद्योगले आठ अर्ब २६ करोड रुपैयाँ तिरेका छैनन् । व्यापारीहरू प्राधिकरणले जबरजस्ती गर्न लागेको बताउँदै आएका छन् ।

प्राधिकरण सञ्चालक समितिको शुक्रबार बसेको बैठकले २१ कार्य दिनभित्र बक्यौता भुक्तानी प्रक्रियामा आउनुपर्ने निर्णय गरेको हो । यस अवधिमा मासिक २८ किस्तामा तिर्न सक्ने सुविधा दिइएको छ ।

ऊर्जामन्त्री कुलमान घिसिङले ३० भदौमा पदभार ग्रहण गर्दै डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तत्काल उठाउन निर्देशन दिएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077