बैतडी। बैतडीमा बसको ठक्कर बाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका- १ दउनेबाज बस्ने जन्दाजी ३०-३२ बर्षिय भागरथी लुहार रहेकी छन् ।
दशरथचन्द राजमार्ग अन्तरर्गत बैतडीको दशरथचन्द नगरपालिका-१ गुरुखोला विद्यालय गेट नजीक महाकाली यातायातको सु प प्र ०२००१ ख १०१७ नम्बरको बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
देहिमाण्डौ मेला हेरी घर फर्कीदै गरेकी लुहारलाइ सतबाँज बाट देहिमाण्डौ जादै गरेको बसले ठक्कर दिएको हो ।
बसलाइ प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको प्रहरीले बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।