Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सिंहदरबारको आगो निभाउन सबैभन्दा पहिला महानगरको दमकल पुगेको पाण्डेको दावी

सिंहदरबारको आगो निभाउन सबैभन्दा पहिला महानगरको दमकल पुगेको पाण्डेको दावी

बुधवार , आश्विन १५, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारको आगो निभाउन सबैभन्दा पहिला महानगरको दमकल पुगेको दावी गरेका छन्।

सामाजिक संजालमा जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलेर खरानी हुँदा समेत महानगर प्रमुख बालेन शाहले दमकल नपठाएको भन्दै आलोचना खेपिरहेका बेला पाण्डेले प्रस्टीकरण दिएका हुन् ।

पाण्डेले उक्त कुराको पत्यार नलागे नपाली सेनालाई सोध्न समेत आग्रह गरेका छन्।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक प्रदर्शनमा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र शीतल निवाससहितका
का क्रममा जलाइएका सरकारी संरचनामा आगजनी भएको थियो ।

यस्तो हुँदा समेत महानगर आगो निभाउन नगएको भन्दै ब्यापक आलोचना गरिएको थियो ।

यसअघि पनि यसै विषयमा पत्रकार सम्मेलन गर्दै पाण्डेले भाटभनेटनी सुपरमार्केट र सिंहदरबारसहितमा लागेको आगो निभाउन महानगरको दमकल परिचालन गरिएको जिकिर गरेका छन् ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077