Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

काठमाडौं–३ मा रास्वपाका राजुनाथ पाण्डेको अग्रता, कुलमान १३०८ मतले पछाडि

काठमाडौं–३ मा रास्वपाका राजुनाथ पाण्डेको अग्रता, कुलमान १३०८ मतले पछाडि

शुक्रवार , फाल्गुण २२, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डे अग्रस्थानमा  छन् ।

जारी मतगणनाअनुसार पाण्डेले ४ हजार ६४९ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपालका कुलमान घिसिङले ३ हजार ३४१ मत पाएका छन् । यससँगै पाण्डे १ हजार ३०८ मतान्तरले अघि छन् ।

निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार नेपाली कांग्रेसका रमेश अर्याल ले १ हजार ४८१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका रामेश्वर फुयाँल ले ९४९ मत ल्याएका छन्।

काठमाडौं–३ मा हालसम्म ११ हजार ४५४ मत गणना भइसकेको छ भने मतगणना प्रक्रिया जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077