Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

छठ मनाउन काठमाडौं महानगरले तोक्यो ८ स्थान, पर्वका नाममा पैसा उठाउन रोक

छठ मनाउन काठमाडौं महानगरले तोक्यो ८ स्थान, पर्वका नाममा पैसा उठाउन रोक

शनिवार , कार्तिक ८, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र छठ पर्व मनाउन ८ स्थान तोकेको छ।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शनिबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन्।

महानगर प्रहरी प्रमुख पाण्डेका अनुसार महानगरले कमलपोखरी, गौरीघाट, बोक्सीदह, वागमती दोभन, टंकेश्वर, बल्खु कुमारी क्लव अगाडी, कुलेश्वर भलिबल ग्राउण्ड र रामघाट छठ मनाउनको लागि तोकिएको छ। यी ठाउँहरूमा महानगरले सरसफाईको कार्य थालनी गरेको उनले जाानकारी दिए।

महानगरबाट ३ सय भन्दा बढी सरसफाइकर्मीहरू खटिएका छन्। छठ पर्व मनाउनको लागि महानगरले कुनै कमी नहुने गरी व्यवस्थित रुपमा तयारी गरेका दाबी पनि पाण्डेले गरे।

उनले छठ पर्वको नाममा ताल पोखरीमा पैसा उठाउन नपाउने बताए। उनले कसैले कुनै प्रकारका शुल्क लिन खोजेमा जानकारी गराउन पनि आग्रह गरेका छन्।

यसवर्ष कात्तिक १० गते छठ पर्व मनाइँदैछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077