काठमाडौं । काठमाडौं महानगरका निवर्तमान प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार बनाएको छ ।
काठमाडौं महानगरका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन) को कोटाबाट रास्वपाले उनलाई काठमाडौं क्षेत्र नं- ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने भएको हो ।
उनले रास्वपाबाट उम्मेदवार बन्नकै लागि माग ४ गतेदेखि लागू हुनेगरी २ गते राजीनामा दिएका थिए ।
उनले आज रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा पुगेर टिकट लिएका छन् ।