काठमाडौं । नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछाने वेस्ट इन्डिजसँगको शृंखलाअन्तर्गत अन्तिम २ खेलका लागि निलम्बनमा परेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार साँझ एक विज्ञप्ति जारी गरेर सन्दीपलाई निलम्बन गरिएको जनाएको छ ।
सेप्टेम्बर २७ मा पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेट अघि सन्दीपले आफैं नखेल्ने निर्णय गरेको र उनको उक्त निर्णयले टीम म्यानेजमेन्ट, खेलाडी एवंम समग्र नेपाली क्रिकेटमै गम्भिर असर पर्न गएको क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
त्यसपछि व्यवस्थापनको सिफारिसमा बाँकी खेल तथा सम्पूर्ण सिरिजका लागि उनलाई निलम्बन गरिएको क्यानले जनाएको छ।
अब अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुने टी–२० विश्वकप छनोटका लागि भने उनी टोलीमा समावेश हुनेछन् । नेपाली टोली ओमानका लागि प्रस्थान गरिसकेको छ ।
नेपाली १६ सदस्यीय टिम ओमान प्रस्थान गरेको छ । उक्त टिममा सन्दीप पनि छन् ।