Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सन्दीपलाई समेट्दै विश्वकप छनोटका लागि १५ सदस्यीय नेपाली टोली घोषणा

सन्दीपलाई समेट्दै विश्वकप छनोटका लागि १५ सदस्यीय नेपाली टोली घोषणा

शुक्रवार , आश्विन १७, २०८२

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले ओमानमा हुने आइसीसी मेन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको सूची सार्वजनिक गरेको छ ।

रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो । टोलीमा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी रहेका छन् ।

नेपालले टेष्ट मान्यत राष्ट्र वेस्ट इन्डिजसँग खेलेको ऐेतिहासिक सिरिजको पहिलो खेल सुरु हुनु ४५ मिनेट अगाडि सन्दीप लामिछानेले खेल नखेल्ने भनेपछि युनिटी कप अन्तर्गत अन्तिम २ खेलका लागि क्यानले उनलाई निलम्बन गरेको थियो । पहिलो खेलपछि सन्दीपले नखेलेको विषयमा प्रशिक्षक स्टुवार्ट लले व्यक्तिगत कारण भनेका थिए।

शारजाहमा सिरिज खेलेर अक्टोबर ८ देखि सुरु हुने टि ट्वान्टी विश्व कप छनोटका लागि सन्दीपसहित १६ सदस्यीय नेपाली क्रिकेट टोली बुधवार नै ओमान गइसकेको छ ।

यसअघि विश्व कप खेल्ने १५ सदस्यीय टोलीमा सन्दीप रहने वा नरहने विषय विज्ञप्तिमा उल्लेख गरिएको थिएन । आज क्यानले सहभागी हुने खेलाडीहरुको सूची सार्वजनिक गरेको छ । जसमा सन्दीपको पनि नाम उल्लेख छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077