Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप छनोटको अभ्यास खेलमा ओमानमाथि नेपालको सहज जित

विश्वकप छनोटको अभ्यास खेलमा ओमानमाथि नेपालको सहज जित

आइतवार , आश्विन १९, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटको तयारीमा रहेको नेपालले अभ्यास खेलमा ओमानलाई पराजित गरेको छ ।

शनिबार राति भएको पहिलो अभ्यास खेलमा नेपालले ओमानलाई ६ विकेटले हराएको हो । ओमानले दिएको १११ रनको लक्ष्य नेपालले चार विकेट गुमाएर १७ ओभरमा पुरा गर्यो ।

नेपालको जितमा आसिफ शेखले ६१ रन जोडे । रोहित पौडेलले २५ र कुशल भुर्तेलले ११ रन बनाए । कुशल मल्ल १० र सन्दीप जोरा एक रनमा अविजित रहे ।

त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोली ओमानले नौ विकेट गुमाएर एक सय १० रन बनाएको थियो । ओमानलाई हराउन सोमपाल कामी, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान २–२ विकेट लिए ।

आईसीसी टी–ट्वान्टी विश्वकपको एशिया र इस्ट एसिया प्यासिफिक छनोट खेल्न नेपाली टिम ओमानमा छ । नेपालले विश्वकप छनोटको समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077