Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप छनोट : आज सामोआसँग खेल्दै नेपाल, उपाधि जित्ने अवसर

विश्वकप छनोट : आज सामोआसँग खेल्दै नेपाल, उपाधि जित्ने अवसर

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा नेपालले आज आफ्नो अन्तिम खेल खेल्दै छ ।

लगातार तेस्रो जित निकालेको नेपालले आज प्रतियोगिताको अन्तिम खेल सामोआविरुद्ध खेल्न लागेको हो । खेल ओमानमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजे शुरु हुनेछ ।

शीर्ष स्थानमा रहेको नेपाललाई आजको खेलसँगै टी–२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको उपाधि जित्ने अवसर छ । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ मा विश्वकप खेलेको थियो । नेपालको यो तेस्रो पटकको विश्वकप यात्रा हो ।

लगातार तेस्रो जित निकाल्ने क्रममा नेपालले बुधबार घरेलु टिम ओमानविरुद्ध ३८ रनको जित निकालेको थियो । उक्त जितसँगै नेपाल सुपर–६ को शीर्ष स्थानमा उक्लिएको छ । नेपालले आठ अंक जोडेको छ । तालिकाको दोस्रो स्थानमा आसिन ओमानको ६ अंक छ ।

नेपालले यसअघि सुपर–६ को पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध एक रनको र कतारविरुद्ध पाँच रनको जित निकालेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077