Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इलाममा पहिरोमा पुरिएर १८ जनाको मृत्यु, २ जना गम्भीर घाईते

इलाममा पहिरोमा पुरिएर १८ जनाको मृत्यु, २ जना गम्भीर घाईते

आइतवार , आश्विन १९, २०८२

इलाम । अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परेर इलामका विभिन्न ठाउँमा १८ जनाको मृत्यु भएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या बढ्दै गए पनि अहिलेसम्म १८ जनाको पुष्टि भएको छ।

इलाम सूर्योदय नगरपालिकामा वडा नम्बर- १ मानेभञ्ज्याङमा पाँच जनाको मृत्यु भएको छ । माइसेबुङ गाउँपालिकामा पाटीगाउँका तीन, देउमाई नगरपालिका–५, धारेका एक, सोही वडाको धुसुनेका दुई, फाकफोकथुम गाउँपालिका–३, रातमाटेका एक र इलाम नगरपालिका–५ घोसगाउँका ६ जनाको पहिरोमा परेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै माङ्सेबुङ गाउँपालिका- १ मा एक जना गर्भवती सहित दुई जना गम्भीर घाईते भएपछि उनीहरूको उद्धारका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ गएकोकोसी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलले बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077