Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एक महिना नबित्दै फ्रान्सका प्रधानमन्त्रीले दिए राजीनामा

एक महिना नबित्दै फ्रान्सका प्रधानमन्त्रीले दिए राजीनामा

सोमवार , आश्विन २०, २०८२

एजेन्सी । फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले आज पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री बनेको २७ दिनमै लेकोर्नुले राजीनामा दिएका हुन् ।

आफ्नो मन्त्रिमण्डल घोषणा गरेको १४ घण्टामै उनले राजीनामा दिए । फ्रान्समा राजनीतिक अस्थिरता अझै बढ्दै गइरहेको छ ।

३९ वर्षीय लेकोर्नु पछिल्लो २ वर्षमा फ्रान्सको पाँचौं प्रधानमन्त्री बनेका थिए । फ्रान्कोइस बायरो नेतृत्वको सरकारको पतनपछि लेकोर्नुले फ्रान्सको प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए ।

नयाँ मन्त्रिपरिषद्मा लेकोर्नुले बायरो सरकारका धेरैजसो मन्त्रीहरूलाई कायम राख्दै केही पदहरूमा नयाँ नियुक्ति गरेका थिए । यो कदमको सबै दलहरूले व्यापक आलोचना गरेका थिए ।

लेकोर्नुको राजीनामापछि धेरै दलहरूले अब समयअघि नै चुनावका लागि आह्वान गरिरहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077