एजेन्सी । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सेबास्टियन लेकोर्नूलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।
लेकोर्नूले हालै मात्र राजीनामा दिएका थिए । उनले प्रधानमन्त्रीमा नियुक्त भएको २६ दिनमा राजीनामा दिएका थिए । तर, राष्ट्रपतिले उनलाई पुनः सरकार गठन गर्न र बजेट तयार गर्ने जिम्मेवारी दिएका छन् ।
यो कदम देशमा बढ्दो राजनीतिक र आर्थिक संकटलाई व्यवस्थापन गर्ने प्रयासका रूपमा हेरिएको छ । लेकोर्नूको पुनर्नियुक्ति लामो र तीव्र राजनीतिक छलफलपछि भएको हो ।
उनले सामाजिक सञ्जालमार्फत कर्तव्यबोधका साथ यो जिम्मेवारी स्वीकार गरेको उल्लेख गरेका छन् । उनको मुख्य लक्ष्य वर्षको अन्त्यसम्म फ्रान्सलाई बजेट उपलब्ध गराउनु र आम नागरिकका दैनिक समस्याहरूको समाधान गर्नु रहेको छ ।