Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली र लेखकलाई पक्राउको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जेनजीका युवाहरु

ओली र लेखकलाई पक्राउको माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जेनजीका युवाहरु

मंगलवार , आश्विन २१, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली  र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीको जाहेरी दिन जेनजी युवाहरु जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका छन् ।

युवाहरु मंगलबार जनेजी आन्दोलनमा मृत्युवरण गरेका र घाइतेहरूका तर्फबाट जाहेरी लिएर जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका हुन् ।

भदौ २३ को जेनजी आन्दोलनमा प्रदर्शनकारीको हत्या भएपछि पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीको माग गर्दै जेनजी समूहले सामाजिक सञ्जालमा अभियान तीव्र बनाएका छन्।

ओली र लेखकलाई पक्राउ गर्नेबारे सोमवार साँझ प्रधानमन्त्री सुशीला कार्कीले सबै सुरक्षा अंगका प्रमुखहरूसँग छलफल समेत गरेकी थिइन्।

यद्यपि प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जेनजी आन्दोलनको घटनाबारे न्यायिक छानबिनका लागि बनाइएको जाँचबुझ आयोगले काम गरिरहेकाले प्रहरीले उजुरी लिनु भनेको मुठभेड निम्त्याउनु भएको हुँदा त्यसको सबै जिम्मा लिने गरी प्रधानमन्त्रीबाट लिखित आदेश आए जाहेरी लिने बताइएको थियो ।

त्यसपछि जेनजी विद्रोहमा दमनकारी भुमिका खेल्ने शीर्षस्थ नेताहरूलाई पक्राउ गर्न चौतर्फी दबाब बढ्न थालेपछि गृहमन्त्री ओम प्रकाश अर्यालले पनि आजै पक्राउ गर्न सकिँदैन र ? भन्दै तत्काल कारबाहीमा जानुपर्नेमा जोड दिएका थिए।

जेनजीहरुले न्याय नपाएसम्म आन्दोलन नरोक्ने तर त्यो आन्दोलन शान्तिपूर्ण, अर्थपूर्ण हुने समेत बताएका छन् ।

May be an image of 5 people, crowd and textजनेजी प्रतिनिधिले भने– भोलि र पर्सि सडकमा जाने योजना छैन

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077