Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हरियो तरकारीमा अत्यधिक विषादी, घिरौँलामा सबैभन्दा धेरै

हरियो तरकारीमा अत्यधिक विषादी, घिरौँलामा सबैभन्दा धेरै

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं । काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा बेच्न ल्याइएको हरियो तरकारीहरुमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।

बेच्नका लागि मुलुककै सबैभन्दा ठूलो तरकारी बजार काठमाडौंको कालीमाटी ल्याइएका फर्सी, काँक्रो र घिरौँलामा अत्यधिक मात्रामा विषादी भेटिएको हो ।

मकवानपुरबाट कालीमाटी तरकारी बजारमा बेच्न ल्याइएको हरियो फर्सीमा ४५.५९ प्रतिशत, धादिङबाट ल्याइएको घिरौँलामा ६५.०३ र काठमाडौंमै उत्पादित काँक्रोमा ५२.९२ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले बिहीबार कालीमाटी तरकारी बजारका १५ पसलको १५ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।

परीक्षण क्रममा हरियो फर्सी, काँक्रो र घिरौँलामा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएका यी तरकारी उपभोग अयोग्य रहेको समितिले जनाएको छ ।

सरकारले रोकावट प्रतिशतको दर ३५ भन्दा कम हुँदा उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ ।

त्यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077