Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माइतीघरमा भुसालसहित पक्राउ पर्नेको संख्या १४ पुग्यो

माइतीघरमा भुसालसहित पक्राउ पर्नेको संख्या १४ पुग्यो

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं । माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।

प्रहरीले डा. निकोलस भुसाल, सञ्जिव दाहालसहित १४ जनालाई पक्राउ गरेको हो ।

जेनजीको माग सम्बोधन नभएको भन्दै माइतीघरमा भेला भएका भुसालसहित पक्राउ पर्नेको संख्या १४ पुगेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ । माइतीघर क्षेत्रमा डा. निकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने बताइएको थियो ।

सोहि अनुरुप आज बिहानैदेखि काठमाडौंका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

माइतीघर क्षेत्रमा प्रहरीको बाक्लो परिचालन गरेर कसैलाई पनि प्रदर्शन गर्न दिइएको छैन ।

जेनजी आन्दोलनको एक महिना पूरा हुँदा पनि केही माग सम्बोधन नभएको भन्दै उनको समूहले प्रदर्शन आयोजना गरेको थियो ।

काठमाडौं जिल्ला प्रशासनले कुनै पनि धर्ना जुलुस र प्रदर्शन नगर्न यसअघि नै सूचना जारी गरेको थियो ।

सोही बमोजिम माइतीघर मण्डला लगायतका क्षेत्रमा कसैलाई पनि हुल बाँधर उभिन समेत दिइएको छैन ।

May be an image of 5 people and crowd

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077